५ फागुन, काठमाडौं
सरकारले बर्डफ्लू पीडित किसानलाई राहत दिने बाटो खुला गरेको छ । शुक्रबार बसेको मनित्रपरिषद् बैठकले कार्यविधि बनाएर किसानलाई राहत दिने निर्णय गरेको हो । बर्डफ्लूका कारण गत वर्ष ५८ करोड बराबरको क्षति व्यहोरोका २९९ जना किसान कानुन अभावमा क्षतिपूर्तिबाट बञ्चित भएका थिए ।
मन्त्रिपरिषद्को निर्णयसंगै अब किसानका लागि क्षतिपूर्ति वितरण गर्न प्रदेश र जिल्लाहरुमा रकम विनियोजन गर्ने मन्त्रालयले जनाएको छ ।
पन्छीबाट मानिसमा सर्नसक्ने घातक बर्डफ्लू रोग नियन्त्रणका लागि सरकारले राहत सम्बन्धी मापदण्ड बनाएको थियो । ‘बर्डफ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुहरुको राहत दिने मापदण्ड २०७८ अनुसार १३ माघदेखि २ साउन २०७९ सम्म बर्डफ्लू रोग नियन्त्रण गर्ने क्रममा नष्ट गरिएका पन्छीको धनीले राहत पाउनु पर्ने थियो । तर, ‘बर्डफ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छीहरुको वस्तुहको राहत दिने मापदण्ड ४ साउन २०७९ मा मात्र सरकारले जारी गरेको थियो ।



