काठमाडौंमा राष्ट्रिय सामाजिक उद्यमशिलता सम्मेलन

images
  • 142
    SHARES
  • फाल्गुण ६, २०७९ शनिबार
    काठमाडौंमा राष्ट्रिय सामाजिक उद्यमशिलता सम्मेलन
    images

    ६ फागुन, काठमाडौं 

    राष्ट्रिय सामाजिक उद्यमी मञ्चको आयोजनामा काठमाडौंमा भएको तीन दिने राष्ट्रिय सामाजिक उद्यमशिलता सम्मेलन २०७९ सकिएको छ ।

    जनता, पृथ्वी र समृद्धिका लागि सामाजिक उद्यमशिलतामैत्री प्रणालीको स्थापना गरौं भन्ने नारासहित भएको कार्यक्रममा सामाजिक उद्यमशिलाको वर्तमान अवस्था, नीतिगत र कानुनी चूनौती बारेमा छलफल भएको थियो ।

    सम्मेलनबाट आगामी दिनका लागि रणनीति तय गर्ने, सामाजिक उद्यमशिलताका बारेमा सचेतना बृद्धि, सामाजिक उद्यमशिलता प्रवर्द्धनका लागि सहकार्य बृद्धि लगायतका निर्णय गरिएको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्र कुमार राईले उद्घाटन गरेको समापन कार्यक्रममा पूर्वमन्त्री पार्वत गुरुङ्ग, नेपाली काँग्रेसका केन्द्रीय सदस्य नइन सिंह महर, राष्ट्रिय योजना आयोगका सदस्य डा संगिता सिंह, गैर सरकारी संस्था महासंघका अध्यक्ष राम प्रसाद सुवेदी, अन्तराष्ट्रिय गैर सरकारी संघका अध्यक्ष भगवान श्रेष्ठ लगायत सहभागी थिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend