क्रिकेट विश्वकप लिग–२ मा विकेट लिने तेस्रो खेलाडी बने सन्दीप

images
  • 73
    SHARES
  • फाल्गुण ६, २०७९ शनिबार
    क्रिकेट विश्वकप लिग–२ मा विकेट लिने तेस्रो खेलाडी बने सन्दीप
    images

    काठमाडौं, फागुन ६

    नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग २ मा ५० विकेट पूरा गर्ने र सबैभन्दा धेरै विकेट लिने तेस्रो बलर बनेका छन् ।

     
    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी लिग २ अन्तर्गतकै त्रिदेशीय एकदिवसीय शृंखलामा नामिबियाविरुद्ध तीन विकेट लिँदै सन्दीपले लिग २ मा २३ खेल खेल्दै ३.९१ को इकोनोमीमा ५१ विकेट पुरा गरेका हुन् । शीर्ष स्थानमा ओमानका बिलाल खान छन् । उनको नाममा ७६ विकेट रहेको छ । यस्तै, दोस्रो स्थानमा रहेका अमेरिकाका सौरभ नेत्रवाल्करको नामा ५८ विकेट छ ।
     

    त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नामिबिया १३७-४ को स्थितीमा छ ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend