मधेशका पूर्व मुख्य मन्त्रीले अझै फिर्ता गरेनन् सरकारी गाडीसहित अन्य सामान

images
  • 82
    SHARES
  • फाल्गुण ६, २०७९ शनिबार
    मधेशका पूर्व मुख्य मन्त्रीले अझै फिर्ता गरेनन् सरकारी गाडीसहित अन्य सामान
    images

    धनुषा 

    मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री आइसके तर पूर्व मुख्यमन्त्रीले अझै पनि सरकारी गाडीसहित अन्य सुविधाहरु प्रयोग गरिरहनुभएकाे छ । मुख्यमन्त्री कार्यालयका अनुसार पूर्व मुख्यमन्त्री लालबाबु राउतले एउटा महिन्द्रा स्कार्पियो, ५ थान मोबाइल, २ वटा लैपटपसहितका समानहरु फिर्ता गर्नुभएकाे छैन ।

    सामसंगका ३ थान, एमसेभेन १ थान र आइफाेन १ थान गरी ५ थान मोबाइलको उहाँको जिम्मा रहेको छ । एप्पलको लैपटप पनि वीरगञ्जमा रहेकाे आफ्नो घरमा लिएर राख्नुभएकाे छ ।

    पूर्व मुख्यमन्त्री राउतले मुख्यमन्त्री कार्यालयका समानहरु फिर्ता नगरेको बारे वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई कर्मचारीहरुले जानकारी गराइसकेका छन् । तर वर्तमान मुख्यमन्त्रीले आफू यस सम्बन्धमा पूर्व मुख्यमन्त्रीसँग कुरो गरेर फिर्ता गराउने आश्वासन दिनुभएकाे पनि दुई हप्ता भइसकेकाे छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend