विराटनगर, फागुन ७
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह अलमलमा रहेको बताएका छन् ।
जनताले शासन हातमा लिएको १५ वर्ष मात्र भएको भन्दै ओलीले मिलाउने कुराहरु मिल्दै गएको र काम भइरहेको ओलीले बताए । ‘२४० वर्ष भन्दा बढी उहाँहरुले नै चलाएको होइने, उहाँहरुले देश कहाँ पु¥याउनुभएको थियो ?’ ज्ञानेन्द्रले टुलुटुलु हेरर बस्दिँन भनेको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘अहिले त १५ वर्ष न भयो जनताले हातमा लिएको, २५० वर्ष त खाएको छैन नि ।’
राजालाई सहभागी गराएर कार्यक्रम गर्ने नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईँलाई कारबाही गर्नु हुन्न भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘कारबाहीको तपाईँहरुलाई किन चिन्ता हो ?’



