चितवन:फागुन ७
नेपाल मगर महिला संघ चितवनको आयोजनामा "जनसंख्याको आधारमा पुर्ण समानुपातिक महिला प्रतिनिधित्व लागी हाम्रो आन्दोलन शासक्त्तिकारण र पहिचानको संरक्षण सम्बर्द्धनको पक्षमा हाम्रो अभियान"भन्ने नारा सहित ४१ औं राष्ट्रिय मगर एकता दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आज कंकाली पिकनिक स्पोट चैनपुरमा सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल मगर महिला संघ केन्द्रिय समितिका संकृतिक उपाध्यक्ष देवी थापामगरले महिलाहरुको हक हित र अधिकारको लागी सधै अगाडी बढ्ने बताउएका थिए।साथै मगरले "मगरहरुको इतिहास,भाषा ,सँस्कृति र धर्म संरक्षण सम्बर्द्धनमा एकता भएर अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए।
उक्त कार्यक्रममा नेपाल मगर संघ बागमती प्रदेश ३ का महिला सदस्य काशीमाया रानामगर,नेपाल मगर सांकृतिक संघ जिल्ला अध्यक्ष प्रेमकुमारी आलेमगर,नेपाल मगर महिला संघ चितवनका उपाध्यक्ष रामकुमारी थापामगर,सचीव लक्ष्मीदेवी थापामगर र कोषाध्यक्ष हिरामाया थापामगर लगाएतको उपस्थित रहेको थियो भने रुकु रानामगरको अध्यक्षमा कार्यक्रम समापन भएको थियो।



