सोनीलाफा भलिबल कपको उपाधि कालिका आनन्द टोललाई

images
  • 155
    SHARES
  • फाल्गुण ८, २०७९ सोमबार
    सोनीलाफा भलिबल कपको उपाधि कालिका आनन्द टोललाई
    images
    खैरहनी 
    सोनीलाफा भलिबल कपको उपाधि कालिका आनन्द टोल विकास संस्था भरतपुर-२१ ले चुमेको छ । आयोजक समूह सोनीलाफा युवा क्लब उपविजेता भएको छ । ‌
    कार्यक्रममा विजेता समूई ७० हजार रुपैयाँ र उपविजेतालाई ४० हजार रुपैयाँ, प्रमाणपत्र र मेडलसहित सम्मान गरिएको थियो । प्रतियोगितामा नवीन महतो सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
    फागुन २ गतेदेखि आयोजित भलिबल प्रतियोगितामा विभिन्न जिल्लाबाट १४ समूहले सहभागी भएको थियो । समापन समारोहको अवसरमा घैंटो फुटाइ, बासेको भाले समाइलगायत सांस्कृतिक कार्यक्रम गर्रिएको खेल संयोजक जीवन थापामगरले बताए ।
    सोनीलाफा क्लबका अध्यक्ष शेरबहादुर आलेको सभापतित्वमा भएको कार्यक्रममा खैरहनी नगरपालिका वडा नं- ४ का अध्यक्ष वेदबहादुर अधिकारीको प्रमुख अतिथ्यता रहेको थियो । ‌

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend