८ फागुन, गोरखा
जनयुद्धको विरोध गर्दै सामाजिक सन्जालमा अभिव्यक्ति दिएका गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुखले आत्मालोचना गर्ने र उनलाई हातपात गरेका विद्यार्थीहरुले माफी माग्ने सहमति भएपछि क्याम्पसमा पठनपाठन सुरु भएको छ ।
सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिएपछि क्याम्पस प्रमुख रामचन्द्र दुवाडीमाथि अनेरास्ववियू क्रान्तिकारीका विदार्थीहरुले हातपात गरेका थिए । क्याम्पस इकाइ अध्यक्ष अनिस अर्याल नेतृत्वको टोलीले क्याम्पस प्रमुखको कार्यकक्षको टेबुल समेत तोडफोड गरेको थियो ।
आफ्नो गल्ती स्वीकार गर्दै आगामी दिनमा यस्ता घटना दोहोर्याए कानूनी कारवाही भोग्न तयार रहने लिखित प्रतिवद्धता गरेपछि सहमति जुटेको एसपी अनुपम श्रेष्ठले बताए । सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिको विषयमा क्याम्पस प्रमुखले आत्मालोचना गर्ने र बन्द रहँदै आएको क्याम्पसको पठनपाठन सोमबारबाट सुरु गर्ने सहमति समेत भएको उनले जानकारी दिए दोषीलाई कारबाहीको माग गर्दै स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसमा तालाबन्दी गर्दै आएको थियो ।



