राष्ट्रपति निर्वाचनका लागि कार्यालय स्थापना गरिंदै

images
  • 103
    SHARES
  • फाल्गुण ८, २०७९ सोमबार
    राष्ट्रपति निर्वाचनका लागि कार्यालय स्थापना गरिंदै
    images

    ८ फागुन, काठमाडौं 

    राष्ट्रपति निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछ ।

    निर्वाचन आयोगले आज संघीय संसद भवनमा मतदान अधिकृतको कार्यालय स्थापना गर्न लागेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।

    आज दिउँसो १ बजे हुने कार्यालय उदघाटन कार्यक्रममा निर्वाचन आयोगका पदाधिकारीहरूको पनि उपस्थिति रहनेछ ।

    यही फागुन २५ गते हुने निर्वाचनका मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल नियुक्त भइसकेका छन् । मतदान स्थल नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरलाई तोकिएको छ ।

    आयोगले जारी गरेको कार्यतालिका अनुसार बुधबार १० गते मतदाताको नामावली सार्वजनिक गर्ने तयारी छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend