मनकामना दर्शन प्रालीद्वारा शहिद लखन गाउँपालिकालाई महिन्द्र ट्याक्टर र हाइड्रोलिक ट्रेलर प्रदान

images
  • 93
    SHARES
  • फाल्गुण ८, २०७९ सोमबार
    मनकामना दर्शन प्रालीद्वारा शहिद लखन गाउँपालिकालाई महिन्द्र  ट्याक्टर र हाइड्रोलिक ट्रेलर प्रदान
    images

    चितवन 

    मनकामना दर्शन प्रालीले व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत शहिद लखन गाउँपालिकालाई फोहोर व्यवस्थापन कार्यको लागि १ थान महिन्द्र  ट्याक्टर र हाइड्रोलिक ट्रेलर प्रदान गरेको छ । अग्नी इनकर्पोरेटेड प्रा.लि.को प्राङ्गणमा कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई उक्त महिन्द्र  ट्याक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण गरेका हुन ।

    उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं.२, ३ र ४ का वडाध्यक्ष, फोहोरमेला व्यवस्थापन समितका अध्यक्ष तथा सदस्यहरुको सहभागिता थियो । उक्त ट्याक्टरले मनकामना क्षेत्रको फोहर व्यवस्थापन र पर्यावरणमा सशक्त प्रभाव पार्ने छ ।  

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend