राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन संयोजकमा भुसाल र उपसंयोजकमा ढकाल चयन

images
  • 99
    SHARES
  • फाल्गुण ८, २०७९ सोमबार
    राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन संयोजकमा भुसाल र उपसंयोजकमा ढकाल चयन
    images

    चितवन, फागुन ८

    राष्ट्रिय स्वतन्त्र पार्टीको हेटौंडामा सम्पन्न विस्तारित बैठकले चितवन जिल्ला संयोजक र उपसंयोजक चयन गरेको छ ।

     
    बैठकले संयोजकमा माडीका कृष्णप्रसाद भुसाल र भरतपुर महानगरपालिका–१० की प्रभा ढकाललाई चयन गरेको हो ।
    नेपाली सेनाबाट सेवा निवृत्त संयोजक भुसाल माडी स्थायी ठेगाना भई अहिले भरतपुरको त्रिचोकमा बस्छन् भने उपसंयोजक ढकाल नर्सिङ पेसामा आवद्ध छन् । भुसाल र ढकाल दुवै स्वतन्त्र पार्टी स्थापनासँगै पार्टी राजनीतिमा आवद्ध रहेका थिए । उनीहरुले गत निर्वाचनमा चितवन–२ बाट पार्टी सभापति रवि लामिछानेलाई प्रतिनिधिसभामा अत्यधिक मतका साथ निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

    संयोजकमा निर्वाचित भएपछि भुसालले रविको लक्ष्यलाई पूरा गर्न चितवन जिल्लामा महत्वपूर्ण भूमिका खेल्ने नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ चितवनका सर्वसाधारण नागरिकले भोगेका समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने छु । हरेक युवाहरु विदेश जान बाध्य छन् । पुराना पार्टीका कतिपय नेताहरु जनताको सेवक नभई शासक बनेका छन् । यस्ता गल्तीहरु अब नदोहो¥याउने गरी पहल गछौं । हामी जनताको सेवक बनेर राजनीति गर्छौं ।’

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend