मकवानपुर, फागुन ९
बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले हिमाली समुदायका आदिवासी शेर्पा समुदायले मनाउने नयाँ वर्ष २१५० औँ ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख शर्माले भन्नुभएको छ, “भौगोलिक र प्राकृतिकरूपमा विविधतायुक्त हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण छ । ग्याल्पो ल्होसारजस्ता नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग बनेका छन् ।”



