स्कटल्यान्डका प्रशिक्षकले सन्दीपको प्रशंसा गर्दै भनेः नेपालसँग विश्वस्तरीय बलर भएर हामी दबाबमा परेम

images
  • 107
    SHARES
  • फाल्गुण १०, २०७९ बुधबार
    स्कटल्यान्डका प्रशिक्षकले सन्दीपको प्रशंसा गर्दै भनेः नेपालसँग विश्वस्तरीय बलर भएर हामी दबाबमा परेम
    images

    काठमाडौं, फागुन १०

    स्कटल्यान्डका प्रशिक्षक सेन बर्गरले नेपाली स्पिनर सन्दीप लामिछानेको प्रशंसा गरेका छन् । नेपालसँगको अन्तिम म्याचमा पराजित भएपछि उनले सन्दीपलाई ‘विश्वस्तरीय बलर’ को संज्ञा दिए ।

    प्रशिक्षक बर्गरले नेपाली टीम कुनै एक वा दुई खेलाडीमा निर्भर नरहेको उल्लेख गरे । उनले भने, ‘उनीहरु हरेक म्याचमा आत्मविश्वासी थिए । आत्मविश्वासले नै सफलता दिलाउने हो ।’
    उनले थपे, ‘नेपालका धेरै खेलाडीहरुले एकसाथ पर्फम गरेका छन् । एक खेलाडीमा डिपेन्ड छैन । नेपालसँग स्यान्डी (सन्दीप) जस्ता विश्वस्तरीय बलर छन्, जसले देखाए कि उनी कति राम्रो बलिङ गर्न सक्छन् । उनले महत्वपूर्ण विकेटहरु लिएर हामीलाई दबाबमा राखे । अरु बलरहरुले पनि उनलाई राम्रो साथ दिए ।’

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend