१० फागुन, वीरगञ्ज
पर्साको पर्सागढी नगरपालिका–३ मा बुधबार मानव सेवा केन्द्रको भवन शिलान्यास गरिएको छ । पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले दुई कोठे भवन शिलान्यास गरेका हुन् ।
चालु आर्थिक वर्ष ०७९÷०८० मा पालिकाले दिएको १२ लाख रुपैयाँ र आमोदेवि मानव सेवा केन्द्रको ५ लाख गरी जम्मा १७ लाख रुपैयाँको लागतमा पक्की भवन बनाउन लागिएको मानव सेवा केन्द्रका अध्यक्ष अशोक बुर्लाकोटीले जानकारी दिए ।
कार्यालय र स्टोरका लागि दुई कोठे भवन बनाउन लागिएको केन्द्रका महासचिव बलिराम शुक्लले बताए । ‘वृद्ध, वृद्धा,सहाराविहीन मानिसलाई आवास सुविधा दिने उद्देश्यले केन्द्रको स्थापना गरेका हौं’ उनले भने ‘अहिले कार्यालयका लागि भवन बन्दैछ, दुई कोठा तयार भएपछि स्टोर र अफिसका लागि प्रयोग गर्छौ ।’



