अदालतको फैसलाभन्दा बाहिर जान नमिल्ने भन्दै सन्दीपलाई यूएई लैजान राखेपले पहल गरेन

images
  • 101
    SHARES
  • फाल्गुण ११, २०७९ बिहीबार
    अदालतको फैसलाभन्दा बाहिर जान नमिल्ने भन्दै सन्दीपलाई यूएई लैजान राखेपले पहल गरेन
    images

    काठमाडौँ, फागुन ११-

    अदालतको फैसलाभन्दा बाहिर गएर केही पनि गर्न नमिल्ने भन्दै राष्ट्रिय खेलकुद परिषदले क्रिकेटर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टिमको यूएई भ्रमणमा समावेश गर्न कुनै पहल नगर्ने भएको छ ।

     
    नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई यूएई लैजाने वातावरण बनाउनका निम्ति आवश्यक पहल गर्न राखेपसँग अनुरोध गरेको थियो । क्यानका महाप्रवन्धक वृतान्त खनालले अदालतसँग समन्वय गरिदिनका निम्ति राखेपलाई लिखित पत्र पठाएका थिए । तर, क्यानको पत्र राखेपले दर्ता नै गरेको छैन ।
    राखेपका सदस्यसचिव टंकलाल घिसिङले सन्दीपका विषयमा कुनै कानूनी पहल नहुने र आधिकारिकरुपमा क्यानले पठाएको चिठी पनि दर्ता नभएको जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend