शंकरनगर वन वाटिकामा अनलाइन टिकेटिङ

images
  • 84
    SHARES
  • फाल्गुण ११, २०७९ बिहीबार
    शंकरनगर वन वाटिकामा अनलाइन टिकेटिङ
    images

    ११ फागुन, बुटवल 

    तिलोत्तमाको शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत हुने भएको छ ।

    लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य वन वाटिकामा अनलाइन टिकटका लागि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आईएमएसमार्फत सफ्टवेयर निर्माण गरी वनवाटिकालाई उपलब्ध गराइसकेको छ ।

    बुधबार वन बाटिकामा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले प्रविधिको उच्चतम प्रयोगबाट नै व्यक्ति, संस्था र देशको आर्थिक कारोबार सुरक्षित, व्यवस्थित र पारदर्शी हुने भएकाले सबै आर्थिक कारोबारहरु डिजिटलाइज्ड गर्दै जानुपर्ने बताए ।

    वनवाटिकाका अध्यक्ष बेलप्रसाद शर्माले अनलाइन टिकेटिङ सेवाले आर्थिक कारोबार पारदर्शी हुने र पर्यटकलाई पनि सुविधा हुने बताए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend