कर्णालीमा माओवादी केन्द्रले छान्यो प्रमुख सचेतक र सचेतक

images
  • 99
    SHARES
  • फाल्गुण ११, २०७९ बिहीबार
    कर्णालीमा माओवादी केन्द्रले छान्यो प्रमुख सचेतक र सचेतक
    images

    ११ फागुन, सुर्खेत 

    नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको  प्रमुख सचेतकमा रणसिङ परियार र सचेतकमा मिलन खड्का नियुक्त भएका छन् ।

    बुधबार राति बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले परियारलाई प्रमुख सचेतक र खड्कालाई सचेतकमा नियुक्त गरेको हो ।

    हुम्ला प्रदेश सभा (क) बाट निर्वाचित सांसद परियारले यसअधि मन्त्रीमा दाबी गर्दै आएका थिए । तर पार्टीले प्रमुख सचेतक बनाएर मनाएको छ ।

    सचेतक खड्का रुकुम पश्चिमकी खड्का समानुपातिक सांसद हुन् ।

    गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका राजकुमार शर्माले लामो समयसम्म दलको प्रमुख सचेतक र सचेतक  नियुक्त गर्न नसकेको भन्दै आलोचना खेप्दै आएका थिए ।

    कर्णालीमा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेले समेत दलको प्रमुख सचेत र सचेतक चयन गर्न सकेका छैनन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend