चितवन, फागुन ११
भरतपुर महानगरपालिका–११ ग्णेशस्थानमा छोराले मादक पदार्थ सेवन गरी दाउराले हानेर आफ्नै आमाको हत्या गरेका छन् । चितवन प्रहरीको अनुसन्धान अनुसार बुधबार राति ९ बजे ७८ वर्षीय आमा मिना कुमारी घलेलाई आफ्नै छोरा ४० वर्षको पुरन घलेले हत्या गरेका हुन् ।
मिना कुमारी आफ्नै घरको कोठामा टाउकोमा चोट लागी मृत अवस्थामा रहेको अवस्थामा प्रहरीले भेटेको थियो ।



