वृद्ध हत्याका आरोपमा छोराबुहारी पक्राउ

images
  • 95
    SHARES
  • फाल्गुण ११, २०७९ बिहीबार
    वृद्ध हत्याका आरोपमा छोराबुहारी पक्राउ
    images

    ११ फागुन, काठमाडौं 

    कपिलवस्तुमा छोराबुहारी मिलेर वृद्धको हत्या गरेको खुलेको छ ।

    बिहीबार प्रहरीले शिवराज नगरपालिका-१० शितलापुरका ६४ वर्षका मगरे पासीको हत्या आरोपमा उनकै छोरा माङ्तीराम पासी र बुहारी मिमा पासीलाई पक्राउ गरेको हो ।

    मगरे पासीको शव बुधबार उनी सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो । खबर पाएपछि पुगेको वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले शव शंकास्पद देखिएपछि अनुसन्धान सुरु गरेको थियो ।

    बाँया आँखामा निलडाम, नाकबाट रगत बगेको, कानमा चोट लागेको देखिएपछि अनुसन्धान गर्दा छोरा बुहारी मिलेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend