ललितपुर, फागुन १२
केपी ओली कप फुटबल प्रतियोगितामा आज (शुक्रबार) दुई खेल हुँदै छन् । पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा आठ टोलीको सहभागिता छ। यसअघि बुधबार सम्पन्न उद्घाटन खेलमा ललितपुर क्लब सातदोबाटो युथ नेपाल पुलिस क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको छ ।
आगामी १७ गतेसम्म चल्ने प्रतियोगितामा प्रतियोगितामा ’ए’ डिभिजन क्लबका सात र आयोजक टोली गरी आठ टिमले प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख तथा उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ पाउने छन्।



