देवघाटधाममा आज १०१ जनाले गरे रक्तदान

images

  • 276
    SHARES
  • फाल्गुण १२, २०७९ शुक्रबार
    देवघाटधाममा आज १०१ जनाले गरे रक्तदान
    images
     देवघाट तनहुँ:फाल्गुन १२ गते
    तनहुँको देवघाटमा आज १०१ जनाले रक्तदान गरेका छन् । देवघाटधाम जेसीज र लियो क्लव अफ देवघाट चौतारीको संयुक्त अयोजनामा आयोजित रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेको हो । देवघाटको इतिहासमा नै बृहत रक्तदान कार्यक्रममा जेसीजका पदाधिकारी,गाउँपालिकाका पदाधिकारी, स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवीलगायत उपस्थित रहेका आयोजक संस्था देवघाटधाम जेसीजका सस्थापक अध्यक्ष बिकास सापकोटाले जानकारी दिनुभयो ।
    333392927_1370071527113141_5994795983016615724_n.jpg
     
    जसमा २ पिन्ट दुर्लभ रगत समेत संकलन भएको छ । प्रादेशिक रक्त सञ्चार केन्द्र भरतपुर चितवनकाे प्राबिधिक सहयाेग र देवघाट गाउँपालिकाको संरक्षणमा भएको उक्त रक्तदान कार्यक्रमको उद्घाटन समारोहका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष एवं देवघाटधाम जेसीजका मानर्थ सदस्य तिल बहादुर थापाले मानव जीवनको लागि अति आवश्यक वस्तु रगत दिए पुन्य कमाउनु हुने सम्पूर्ण रक्तदाताहरू साथै देवघाटमा अहिले जेसीज र लियोले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको भन्दै धन्यवाद व्यक्त गरे ।
    333100563_1198559024354965_4542921491405751450_n.jpg
     
    थापाले कहिलेकाही रगतको आवश्यक परेर कतिपय व्यक्तिहरू मृत्युको मुखसम्म पुग्छन जसको लागि रक्तदान गर्ने व्यक्तिले अति महत्त्वपूर्ण भुमिका खेल्ने छ भने । उनले आयोजकलाई यस्तै उल्लेखनीय कार्यक्रमहरू गर्दै जान अनुरोध गर्दै देवघाट गाउँपालिकाको तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कन्जुस्याइँ नहुने बताए । रक्तदान कार्य पुन्य कार्य रहेकोले आश्रमका बटुकहरूले समेत रक्तदान गरेका हुन् ।
    333526898_119475801064134_4635141276344280295_n.jpg
     
    कार्यक्रममा देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ अध्यक्ष एवं देवघाटधाम जेसीजका मानर्थ सदस्य पूर्ण बहादुर कूँवर, देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमका संयोजक तथा देवघाटधाम जेसिस कार्यकारी उपाध्यक्ष रघु मल्लले स्वागत मन्तव्य र लियो क्लव अफ देवघाट चौतारीका अध्यक्ष डा.सम्राट अधिकारीले मन्तव्य दिएका थिए । सो कार्यक्रम देवघाटधाम जेसीज बर्ष २०२३ का अध्यक्ष विष्णुहरि सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
    333132832_1538941843279370_162144256786994001_n.jpg
    333238713_528468996082855_931142179487304066_n.jpg
     
     



    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend