नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको ९ औं साधारणसभा सम्पन्न

images
  • 183
    SHARES
  • फाल्गुण १२, २०७९ शुक्रबार
    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको ९ औं साधारणसभा सम्पन्न
    images

    फाल्गुन १२ गते

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको ९ औं साधारणसभा तथा जिल्ला भेला कार्यक्रम सम्पन्न भएको छ । सो सभाको आज आफ्नो सँस्कृति बचाउ भन्ने उद्वेश्य अनुसार बाजा बजाएर कार्यक्रमको समुद्वघाटन गर्नुभएको थियोे । सभा इच्छाकामना ७ स्याङ्दी स्थित रहेको चण्डीथान सामुदायिक वन उपभोक्ता समिति कार्यालयको सभाहल सम्पन्न भएको हो ।

    332097481_713567060422401_3478735536997359471_n.jpg

    कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरूङले पत्रकार पत्रकार जस्तो हुनुपर्छ त्यसमा कुनै राजनितीक गन्ध हुन नहुने बताउदैँ जनजाति पत्रकारहरूले विशेष गरेर आफ्नो जनजातिहरूको समस्याहरू लाई उठान गर्ने उनिहरूको भाषा, सँस्कृति,धर्म लगाएतको विषयमा कलम चलाई अगाडि बढ्नुपर्ने बताए । गुरूङले पत्रकारहरूलाई पालिकाबाट गर्नुपर्ने सहयोग सदैब रहने बताउदैँ सबै पत्रकारहरूलाई समान रूपले हेर्ने बताए । जनजातिहरू पनि कुनै कुरामा कमि छैनौ भन्ने आभास दिलाउदै अगाडि बढ्न गुरूङले अनुरोध गरे ।

    331536585_223506433390753_1877332616900592974_n.jpg

    सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले जनजाति पत्रकारहरूले मुख्य रूपमा जनजाति कै विषयमा उठान गर्नुपर्छ भन्दैँ जनजातिको भाषा,धर्म, संस्कृति ,रहनसहन, पोषाक लगाएतको विषयमा खोजमुलक लेखहरू लेख्न अनुरोध गरे । थापाले हामी जनजातिहरू जनजातिको बाहुल्यता बढि रहेता पनि राज्यबाट पाउने सेवा सुविधाबाट टाढा रहेको बताए । उनले जनजातिमा अहिलेसम्म पनि आफैँमा समता छैन,जबसम्म समानता आफैमा हुदैँन तबसम्म जनजाति कुनै पनि ठाउँमा अगाडि बढ्न सक्दैन भने ।

    333238981_210425001520279_3493397866037982792_n (1).jpg

    सभामा पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारी, इच्छाकामना गाउँपालिका वडा नम्बर ७ अध्यक्ष बम बहादुर थापा मगर,प्रेस युनियनका नेपाल चितवनका अध्यक्ष अनिल ढकाल,पत्रकार महासँघ चितवनका पुर्व अध्यक्ष सन्दिप श्रेष्ठ लगाएतले मन्तव्य दिनुभएको थियोे । सो साधारणसभामा दुई चितवनका पत्रकारहरूलाई सम्मानित भएका छन् । कार्यक्रम संघका अध्यक्ष रमेश राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend