काठमाडौं,फागुन १४
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हातमा चक्कु बोकेर फूल हो भन्ने गरेको आरोप लगाए ।
शहीद परिवार तथा विभिन्न आन्दोलनमा घाइते भएकाहरुलाई सम्मानमा आयोजित कार्यक्रममा ओलीले राष्ट्रपति निर्वाचनमा सहमतिविपरीत माओवादीले कांग्रेसलाईं समर्थन गर्ने निर्णयप्रति कटाक्ष गर्दै यस्तो बताए ।



