राप्ती १ को वडा अध्यक्षमा एमालेबाट सिद्धिलाल स्याङतानसहितको प्यानलै विजयी

images
  • 265
    SHARES
  • जेठ ५, २०७९ बिहीबार
    राप्ती १ को वडा अध्यक्षमा एमालेबाट सिद्धिलाल स्याङतानसहितको प्यानलै विजयी
    images

    चितवन, जेठ ३

    आषिस उप्रेती

    चितवनको राप्ती नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा एमालेबाट सिद्धिलाल स्याङतान विजयी भएको छ । वडा अध्यक्षमा सिद्धिलाल स्याङतानले १५३९ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका काशीराम चालिसेले १४७२ मत ल्याएका छन् ।

     

    kjjljk.jpg

    एमालेबाट महिला वडा सदस्यमा ग्रेस तामाङले १६१७, दलित महिला सदस्यमा अन्जु सुनारले १६१७ र खुल्ला सदस्यमा एमालेबाटै राजु राईले १५२० र मोचनलाल तामाङले १५१२ मत ल्याएर विजयी भएका छन् । राप्तीमा अहिलेसम्म ६, ४, १२, ५, ८, ९, ७, ११, १३ र १ गरी दश वटा वडाको मतगणना सम्पन्न भएको छ । जसमा ६ वटा वडा एमाले, २ वटा वडा गठबन्धनबाट काँग्रेस, एक वटा वडा गठबन्धनबाट एकीकृत समाजवाद र एक वटा वडा स्वतन्त्रबाट (गुलाफको फुल चिन्ह) विजयी भएको छ । राप्तीमा दश वटा वडाको जम्मा २४०५९ मत गणना गर्दा मेयरमा एमालेबाट गोविन्द प्रसाद कडेलले ९६३६ र गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका शमशेर लामाले १००६९ मत ल्याएका छन ।

    त्यसैगरी उपमेयरमा एमालेबाट मेनुका पाठकले ९८७२ र गठबन्धनबाट कांग्रेसका देवेन्द्र लामाले १०२२४ मत ल्याएका छन । राप्तीमा अब वडा नम्बर २,३ र १० को मत गणना गर्न बाकी रहेको छ । अब वडा नम्बर २ को मतगणना गर्न लाग्दा अहिले सम्म गठबन्धन अगाडी देखिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend