१६ फागुन, काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले नेताहरुले सरकार छाडेपछि उनीहरुले सम्हालेको मन्त्रालय पनि आफैं मातहत राखेका छन् ।
एमाले नेताहरु विष्णु पौडेल, ज्वालाकुमारी साह, विमला राई पौड्याल, दामोदर भण्डारी, भगवती चौधरी, पदम गिरी, राजेन्द्रकुमार राई, हरि उप्रेतीले सोमबार प्रधानमन्त्रीलाई राजीनामा दिएका थिए । यसअघि राप्रपा नेताहरुले सरकार छाडेपछि उनीहरुले सम्हालेको मन्त्रालय पनि प्रधानमन्त्रीले आफैंसँग राखेका थिए ।
हाल मन्त्रिपरिषदमा नेकपा माअोवादी केन्द्र र जनमत पार्टीका नेता अब्दुल खानमात्र छन् ।



