पूर्व-नगर प्रमुखलाई कारबाही सिफारिस चुनावमा अन्तरघात गरेको भन्दै

images
  • 138
    SHARES
  • जेठ ८, २०७९ आइतबार
    पूर्व-नगर प्रमुखलाई कारबाही सिफारिस चुनावमा अन्तरघात गरेको भन्दै
    images

    काठमाडौं 

     नेकपा (माओवादी केन्द्र) वागचौर नगरकमिटीले  पूर्व-नगरप्रमुख तथा प्रदेश कमिटी सदस्य लोकमान बुढाथोकीलाई कारबाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ। गएको वैशाख ३०  गते सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार हराउन अन्तर्घात गरेको भन्दै  कारबाहीका लागि जिल्ला समन्वय समितिमार्फत  प्रदेश कमिटीमा सिफारिस गरेको छ।

    uui.jpg 

    नगर कमिटी अध्यक्ष शोभाराम भण्डारीले पार्टीले अघि सारेका उम्मेदवार हराउन  नगरपालिकाका सबै वडामा सबै किसिमका योजनामा सहभागी भएको पाइएकाले लोकमान बुढाथोकीलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय भएको बताए।  

    उनका अनुसार स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट अघि सारिएका उम्मेदवार हराउन संलग्न रहेको प्रमाण भेटिएका छन्। नेकपा माओवादी वागचौर नगरसमितिको आयोजनामा भएको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै अध्यक्ष भण्डारीले आफूहरूको जनाधार बलियो भएको भए पनि पूर्व नगरप्रमुख प्रदेश कमिटी सदस्य समेत रहेका लोकमान बुढाथोकीले योजनाबद्ध रूपमा सबै वडामा पाटीका अधिकारी उम्मेदवार हराउन लागेकोले पराजय हुनु परेको बताए।

    उनले भने,‘जनताले माओवादीलाई विश्वास गरेको भए पनि लोकमान बुढाथोकीले सवै वडामा आ आफ्नो शक्ति परिचालन गरेर चुनावको नतिजा विपक्षमा गएको हो।’ नेकपा माओवादी वागचौर नगरकमिटीको बैठकले नगर समिति सदस्य डिल्ली वलीलाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको छ।

    यस्तै,सवै वडा पार्टीका उम्मेदवार हराउन  सहभागी हुनेहरुको  विषयलाई छानविन गर्न नगर उपाध्यक्ष  मोहन बुढाथोकी संयोजक रहेको ७ सदस्यीय समिति गठन भएको छ। समितिका सदस्यहरूमा मदन वस्नेत, पूर्णबहादुर वटाला,इन्द्रवहादुर भण्डारी, नोखिराम बस्नेत ,धनेन्द्र विमल वली  रहेको समिति गठन गरिएको छ। समितिले  वडामा भएको अन्तर्घात र संलग्नको छानविन गरी कारवाहीका लागि समितिमा सिफारिस गर्ने छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend