बैशाख ८ आँबुखैरेनी
तनहुँको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले पदभार ग्रहणसँगै गाउँपालिका भित्र ६ वटै वडामा सामाजिक सुरक्षा भत्ता टोलटोलमा बितरण गर्ने बताएका छन् ।

यसका साथै गर्भवती महिला, ६० बर्ष नाघेका जेष्ठ नागरिक, आकष्मिक बिरामी, दिर्घरोगी असहाय, अशक्त लाइ पनि निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका छन् । आबश्यक परेको खण्डमा गाउँपालिका अध्यक्ष ले प्रयोग गर्ने सवारी साधनलाइ समेत बिरामी बोक्नको लागी निशुल्क प्रयोग गरिने अध्यक्ष चुमानले बताए ।
यस्तै गाउँपालिका सहित सवै वडा कार्यलयमा सेवामैत्री निमार्णको लागी कार्यलय जाने सेवाग्राही लाइ सफा र शुद्ध चिसो तातो खानेपानी को ब्यब्स्था गर्ने, कार्यलय परिसरमा १ जना कर्मचारी सहितको हेल्पडेक्स स्थापना गरी सेवाग्राहीलाइ सहज बनाउने बताएका छन् ।
नवनिर्वचित अध्यक्षले शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, सडक तथा पुर्वाधार, कृषि, खेलकुद लगायतका क्षेत्रमा काम गर्ने प्रतिवद्धताका साथ चुनावमा होमिएका थिए
गाउँपालिकामा करिव ९ हजार २७८ मत खसेकोमा चुमानले ३ हजार ९४० मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले २ हजार २३० मत प्राप्त गरे । चुमानले १ हजार ७१० मतान्तरले थापालाई पराजित गरेका हुन् ।



