शपथ ग्रहण बहिष्कार एमालेका जनप्रतिनिधिद्वारा बनेपामा

images
  • 146
    SHARES
  • जेठ ८, २०७९ आइतबार
    शपथ ग्रहण बहिष्कार  एमालेका जनप्रतिनिधिद्वारा बनेपामा
    images

    काभ्रे — बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । नगरपालिकाको ‘ठूलो दल’को रुपमा आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरिएकाले बहिष्कार गरेको नवनिर्वाचित उपप्रमुख विमला सापकोटा दाहालले जानकारी दिइन् ।

    jhjj.jpg

    १४ वडा रहेको बनेपामा एमालेका उपप्रमुख, ७ वडाअध्यक्षसहित ३८ जनप्रतिनिधि निर्वाचित भएका छन् । कांग्रेसका प्रमुखसहित २९ र एकीकृत समाजवादीका १ वडाअध्यसहित ५ जनप्रतिनिधि निर्वाचित छन् ।

    स्थानीय तहको निर्वाचन २०७९ मा नगरप्रमुखमा कांग्रेसका शान्तीरत्न शाक्य, उपप्रमुख एमालेकी विमला सापकोटा दाहाल निर्वाचित भएकी थिइन् । नगरप्रमुख निर्वाचित शाक्यले मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईसँग शपथ लिइसकेका छन् ।

    विभिन्न जिल्लाका अन्य स्थानीय तहहरूमा पनि नवनिर्वाचित जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराउने क्रम चलिरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend