अध्यक्ष शुक्र चुमान आँबुखैरेनी गाउँपालिकाका जिल्लाकै कान्छो अध्यक्ष

images
  • 245
    SHARES
  • जेठ ८, २०७९ आइतबार
    अध्यक्ष शुक्र चुमान आँबुखैरेनी गाउँपालिकाका जिल्लाकै कान्छो अध्यक्ष
    images

    आँबुखैरेनी

    ८ जेठ तनहुँको आँबुखैरेनी गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष शुक्र चुमान जिल्लाकै कान्छो अध्यक्ष बनेका छन् । जिल्लाका ४ नगर पालिका र ६ गाउँपालिकामध्ये आँबुखैरेनीका नवनिर्वाचित अध्यक्ष चुमान कान्छो हुन् ।

    ३५ वर्षीय चुमानले नेकपा माओवादी केन्द्रबाट उम्मेद्वारी दिएर निर्वाचित भएका हुन् । कान्छो उम्मेद्वार चुमानले लोकप्रिय मत प्राप्त गरी बिजयी भएका छन् । 

    erter.jpg

    गाउँपालिकामा करिव ९ हजार २७८ मत खसेकोमा चुमानले ३ हजार ९४० मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले २ हजार २३० मत प्राप्त गरे । चुमानले १ हजार ७१० मतान्तरले थापालाई पराजित गरेका हुन् । थापा निवर्तमान अध्यक्ष पनि हुन् । 

    नवनिर्वचित अध्यक्षले शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, सडक तथा पुर्वाधार, कृषि, खेलकुद लगायतका क्षेत्रमा काम गर्ने प्रतिवद्धताका साथ चुनावमा होमिएका थिए । नवनिर्वाचित अध्यक्ष चुमानले जनताको आधारभूत आवश्यकताका साथै सुशासन, प्रशासकीय विभाग, भूमि लगायतका क्षेत्रमा पनि काम गरी जनतालाई गाउँपालिकाबाट सेवा लिन सहज वातावरण सिर्जना गर्ने बताए । 

    यस्तै आँबुखैरेनीको वडा नम्बर २ मा माओवादी केन्द्रबाट २९ वर्षीय आसबहादुर गुरुङ, वडा नम्बर ३ मा नेपाली कांग्रेसबाट ३२ वर्षीय दिनेश के.सी, वडा नम्बर ५ मा माओवादी केन्द्रबाट ३२ वर्षीय सन्तोष गुरुङ र वडा नम्बर ६ मा नेकपा एमालेबाट ३१ वर्षीय दिलिप गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् । 

    त्यस्तै, ऋषिङ–२ मा कांग्रेसबाट ३४ वर्षीय दलबहादुर थापा, घिरिङ–५ मा कांग्रेसबाट ३४ वर्षीय विष्णुबिर आले, देवघाट–४ मा एमालेबाट २९ वर्षीय मित्रलाल गुरुङ र बन्दिपुर–२ मा माओवादी केन्द्रबाट ३० वर्षीय तिलकबहादुर कुँवर वडाध्यक्षमा निर्वाचित भएका छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend