अनाथ आश्रमलाई एक लाख सहयोग गर्दै महजोडीको सहभागितामा ‘जुठे’ ले मनायो १०० भाग

images
  • 152
    SHARES
  • फाल्गुण २४, २०७९ बुधबार
    अनाथ आश्रमलाई एक लाख सहयोग गर्दै महजोडीको सहभागितामा ‘जुठे’ ले मनायो १०० भाग
    images

    काठमाडौं, फागुन २४

    हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको लोकप्रिय शृंखला ‘जुठे’ ले आज १०० भाग मनाएको छ । उक्त अवसरमा सिरियलले अनाथ बेसहारा आश्रम रीमा सेवा समाजलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । काठमाडौंको गोल्फुटारमा आयोजित ‘सफलता समारोह’ मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागी थिए ।

     
    १०० भाग मनाउन आयोजित समारोहको उद्घाटन गर्दै महजोडीले समाज सुधारका लागि जुठेजस्ता सामाजिक सन्देशमूलक टेलिभिजन श्रृंखलाको भूमिका महत्वपूर्ण हुने बताए । जातीय भेदभाव, थिचोमिचो र समानताका लागि सिरियलले दिएको सन्देश अनुकरणीय रहेको चर्चा उनीहरुले गरे । महजोडीले १०० भाग पुगेकोमा बधाई दिंदै बाँकी भागको लागि शुभकामना दिए ।
    सिरियललाई राजु मास्टर र बल्छी धुर्वेले निर्देशन गदै आएका छन् । ‘जुठे’मा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिचमान श्रेष्ठको अभिनय छ ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend