महामन्त्री थापा अब उम्मेदवार उठाउँदा सोच विचार गर्नुपर्ने अवस्था आयो

images
  • 154
    SHARES
  • जेठ ८, २०७९ आइतबार
    महामन्त्री थापा अब उम्मेदवार उठाउँदा सोच विचार गर्नुपर्ने अवस्था आयो
    images

    काठमाडौं 

     नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा गएर गर्ने कामको योजना राजनीतिक दलहरुसंग नरहेको बताएका छन्। आइतबार काठमाडौमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक ‘अतृप्त अवसर’ सार्वजनिक गर्दै थापाले राजनीतिक दलहरुको तयारी सरकारमा पुग्ने मात्र रहेको र सरकारमा पुगेपछि गर्ने कामको योजना नरहेको बताएका हुन्।

    pppp.jpg

    उनले जतिसुकै ठूला कार्यक्रम ल्याएपछि कार्यान्वयनको नीति फितलो देखिएको बताए। थापाले अगामी प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले बहुमत पाउने दावी गर्दै सरकारमा गएपछिको भावी योजनाका बारेमा अहिलेदेखि तयारी थालेको बताए।

    थापाले मुलुकका विभिन्न स्थानमा स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा दलहरुले उम्मेदवार उठाउदा निकै सोच विचार गर्नुपर्ने अवस्था आएको धारणा राखे।

    फाइनप्रिन्टले प्रकाशनमा ल्याएको पुस्तकमा वाग्लेद्वारा लिखित विभिन्न लेखहरु संग्रहित गरिएको छ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend