८९ हजार ४०८ मत गणना : अग्रता बढाउँदै रेनु दाहाल, पछ्याउँदै विजय भरतपुरमा

images
  • 470
    SHARES
  • जेठ ८, २०७९ आइतबार
    ८९ हजार ४०८ मत गणना : अग्रता बढाउँदै रेनु दाहाल, पछ्याउँदै विजय भरतपुरमा
    images

    काठमाडौं 

    चितवनको भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो मतान्तर कायमै राखेकी छन् । पछिल्लो मतपरिणाम अनुसार ८९ हजार ४०८ मत गणना हुँदा दाहाल ७ हजार ३ सय ८८ मतले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि छन् ।

    qqqww.webp

    दाहालले अहिलेसम्म ३५ हजार ४९ मत पाएकी छन् भने सुवेदीले २७ हजार ६ सय ६१ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८ सय २३ मत ल्याए ।

    यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी राप्रपाकी हिमला गुरुङभन्दा १५ हजार ३ सय ९० मतले अगाडि छन् । अधिकारीले अहिलेसम्म ३७ हजार २ सय ७३ मत पाउँदा गुरुङले २१ हजार ८ सय ८३ मत ल्याइन् ।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend