स्वतन्त्र अगाडि, लालकिशोरले घटाए मतान्तर जनकपुरधाममा

images
  • 149
    SHARES
  • जेठ ८, २०७९ आइतबार
    स्वतन्त्र अगाडि, लालकिशोरले घटाए मतान्तर जनकपुरधाममा
    images

    जनकपुरधाम 

     जनकपुरधाम उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले साढे १७ सय मतको अग्रता कायम राखेको छ। नेपाली कांग्रेसले टिकट नदिएका मनोजकुमार साहले स्वतन्त्रबाट निर्वाचनमा भाग लिएका थिए। उनले अग्रता कायम गरिरहदाँ सत्तारुढ गठबन्धनका उम्मेदवार लालकिशोर साहले स्वतन्त्र उम्मेदवार बलराम महतो उछिन्दै लालकिशोर तेश्रो स्थानमा पुगेको छन्। यसअघि पाँचौं स्थानमा सुरुदेखि नै रहदै आएको थियो।  

    jjjjjjj.jpg

    ताजा मत परिणामअनुसार मनोजले १० हजार १२५ मत ल्याएर अग्रता कायम राखेका छन्। उनलाई एमालेका शिवशंकर साह (हिरा)ले ८ हजार ३६२ मत ल्याएर पछ्याइरहेका छन्। त्यस्तै गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार लालकिशोर साह ४ हजार ४३ मत प्राप्त गरी तेश्रो स्थानमा उक्लेको छ। यसअघि साह पाँचौ स्थानमा थिए। यसअघि सुरुदेखि तेश्रो स्थानमा रहेका लोकतान्त्रि समाजवादी पार्टीका मनोज चौधरी ३ हजार ९ सय ९२ मत सहित चौथो स्थानमा पुगेका छन्।

    सुरुदेखि चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बलराम महतोले ३ हजार १४६ मत प्राप्त गरी पाँचौ स्थानमा पुगेका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार जानकीराम साहले १ हजार ५६३ मत पाएका छन्। त्यस्तै जनमत पार्टीकी अनिता देवी साहले १ हजार १९७ र तमलोपाकी विभा ठाकुरले ९१९ मत प्राप्त गरेकी छन्।

    उपमेयरमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरी साहले ११ हजार ६ सय १६, नेकपा एमालेकी रुणा झाले ९ हजार ४ सय ७८, लोकतान्त्रिक समाजवादी पार्टीकी रिता कुमारी मिश्रले ४ हजार १ सय २० र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले २ हजार ९ सय ४३ मत ल्याएका छन्।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend