पीएनजीलाई हराउँदं नेपाल एकदिवसीय विश्वकप छनोटकाे नजिक

images
  • 164
    SHARES
  • फाल्गुण २९, २०७९ सोमबार
    पीएनजीलाई हराउँदं नेपाल एकदिवसीय विश्वकप छनोटकाे नजिक
    images

     रबिन दाहाल काठमाडौँ 

    विश्वकप क्रिकेट लिग टूको अन्तिम त्रिकोणात्मक शृंखलामा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई ९ विकेटले हराएको छ ।

    पीएनजीले दिएको मात्र ९६ रनको लक्ष्य नेपालले मात्र ८ ओभरमा १ विकेट गुमाएर भेट्टाएको हो । नेपालकाे जीतमा आशिफ सेखले नटआउट ५३ र कुशल भुर्तेलले ३३ रन बनाउनुभयो । कीर्तिपुरमा टस जितेर पहिले बलिङ रोजेको नेपालले पीएनजीलाई ३२ ओभरमा मात्र ९५ रनमा अलआउट गरेको थियो । नेपालका सन्दीप लामिछानेले सर्वाधिक ५ तथा कुशल मल्ल र ललित नारायण राजवंशीले दुई दुई विकेट लिनुभयो । पीएनजीका चारजना ब्याटरले मात्र दोहोरो अंकमा रन बनाउन सक्नुभयो ।

    पीएनजीका असद भालाले बनाएको २० रन नै टोलीका लागि सर्वाधिक भयो । सन्दीपले १० ओभर बलिङ गर्दै १ मेडन राखेर २५ रन खर्चँदा कुशलले ३ ओभरमा १ मेडल राख्दै मात्र ६ रन खर्चनु भयो । यस्तै, ७.१ ओभर बलिङ गरेका ललितले १३ रन र ५ ओभरमा सोमपालले २२ रन खर्चनुभयो । आज नेपाली टोलीमा गुलशन झाको साटो करण केसी टिममा पर्नुभएको छ । विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपालले अब यूएईसँगको खेल जित्नुपर्ने छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend