शपथ लिए हेटौंडा उपमहानगरका जनप्रतिनिधिले

images
  • 359
    SHARES
  • जेठ ९, २०७९ सोमबार
    शपथ  लिए हेटौंडा उपमहानगरका जनप्रतिनिधिले
    images

     हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।सोमबार एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाका मेयर, उपमेयर, १९ वटै वडाका वडा अध्यक्ष, वडा सदस्यहरु गरि ९७ जना जनप्रतिनिधीहरुले सपथ ग्रहण गरेका हुन् ।

    eretr.jpg

    मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले हेटौंडाको मेयर मीना कुमारी लामालाई पद तथा गोपनीयताको शपथ गराएका थिए । लामाले शपथ लिएलगत्तै उपमेयर राजेश बानियाँ, वडा अध्यक्ष तथा वडा सदस्यहरूलाई शपथ गराएकी थिइन् ।

    शपथ ग्रहणपछि हेटौंडा- ११ मा रहेको सहिद स्मारकमा रहेर सहिदहरूको सम्मान गर्ने र सबै वडामा पदभार ग्रहण गर्ने तालिका रहेको छ ।शपथ ग्रहणपछि मेयर लामाले जनभावनाअनुसार काम गर्ने बताइन् । उनले चुनावअघि घोषणापत्रमा उल्लेख भएअनुसारको काम गर्दै हेटौंडालाई समृद्ध बनाउने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend