एमाले विजयी सिरहाको गोलबजारमा

images
  • 431
    SHARES
  • जेठ १०, २०७९ मंगलबार
    एमाले विजयी सिरहाको गोलबजारमा
    images

     सिरहा 

     सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रमुखमा श्यामकुमार श्रेष्ठ र उपप्रमुखमा मान्ती साह विजयी भएका छन्।

    aaamm.jpg

    श्रेष्ठ सात हजार ९०८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार देवनाथ साहले पाँच हजार ७०१ मत प्राप्त गरेका छन्।उपप्रमुखमा निर्वाचित साहले सात हजार ७०३ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार रेशमकुमारी थापाले पाँच हजार ६४३ मत प्राप्त गरिन्।कूल १३ वडा रहेको गोलबजारको छ वडामा एमाले, तीन वडामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी दुई–दुई वडामा विजयी भएका छन्।

    यससँगै सिरहाको १७ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend