सिंह र स्थापितको मत कति ? बालेनको ५० हजार मत आउँदा

images
  • 445
    SHARES
  • जेठ १०, २०७९ मंगलबार
    सिंह र स्थापितको मत कति ? बालेनको ५० हजार मत आउँदा
    images

    काठमाडौं 

     काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र बालेन शाहले अहिलेसम्म ५० हजार ३० मत प्राप्त गरेका छन्। हालसम्म गणना भएको १ लाख ५० हजार मत गन्दा बालेन सबैभन्दा अगाडि छन्। उनले आफ्ना दुवै प्रतिस्पर्धीसँग झण्डै २० हजार मत अन्तर कायम गरेका छन्।

    dddd.png

    काठमाडौँ महानगरपालिकामा मेयर उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहलाई ३० हजार ७ सय ६७ मत प्राप्त भएको छ भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई ३० हजार १५ मत मात्रै प्राप्त भएको छ।बालेन शाह र सिर्जनाबीच १९ हजार २ सय ६३ मत अन्तर रहेको छ भने बालेन र स्थापितबीच २००१५ मतको अन्तर रहेको छ।
    सिंह र स्थापितबीच ७ सय ३७ मतको अन्तर रहेको छ।

    अहिले काठमाडौँ महानगरपालिकाका सबै वडामा मत गणना भई रहेको छ। हालसम्म वडा नं १ देखि १३ र वडा नं २३ देखि ३३ सम्मको मत परिणाम सार्वजनिक भईसकेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend