करिस्मा गुरुङ
देवघाट:चैत ६ गते
तनहुँको देवघाट गाउँपालिकाभित्र पर्ने शालिग्राम करिडोरको निर्माण कार्य फेरी थप सुरू हुने भएको छ । देवघाटको दाशढुङ्ग हुँदै देवपुर,साँढेबगर,कालिकाटार,कोटा,आपँटार, खाल्टे हुदैँ मुक्तिनाथ सम्म जोड्ने यस शालिग्राम करिडोरको बाटो यस बर्ष ४२ करोडको टेण्डर हुने भएता पनि काम भने साढे पन्ध्र करोड लागतमा काम हुने भएको छन् ।
यस वर्ष करिडोर जाने सुरुको बाटो देवघाट देउपुर देखि खहरे सम्म १० किलोमिटर बाटो नाला सहित ७ मिटर बाटो पिच हुने देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताए । थापाले हाल तत्कालै करिडोरको बाटोमा पर्ने रूखहरू पन्छाए लगत्तै टेन्डर आह्वान गरि काम सुचारू गर्ने समेत बताए । वडा नम्बर ५,४ र १ को सिमानाभित्र पर्ने करिडोर बाटोको काम हुने भएको हुदाँ त्यस सिमाना भित्र पर्ने सम्पूर्ण सामुदायिक वनले छिटोभन्दा छिटो बाटोमा पर्ने रुखहरुलाई कानुनी प्रक्रिया पुर्याई हटाउन आग्रह गर्दै निर्माण कार्यमा सहयोग गर्न अनुरोध समेत गरेको अध्यक्ष थापाले बताए।



