भरतपुरको मेयरमा पराजित सुवेदीले दाहाललाई दिए बधाई मतगणनास्थलमै पुगेर

images
  • 200
    SHARES
  • जेठ १०, २०७९ मंगलबार
    भरतपुरको मेयरमा पराजित सुवेदीले दाहाललाई दिए बधाई मतगणनास्थलमै पुगेर
    images

    चितवनको भरतपुर महानगरपालिकाको मेयरमा विजयी भएकी नेकपा माओवादी केन्द्रकी नेता रेनु दाहाललाई निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले बधाई दिएका छन्।

    mmmm.jpg

    एमाले-राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका नेता सुवेदी १२ हजार चार सय ४९ मतान्तारले मेयरमा दाहालसँग पराजित भएपछि मतगणनास्थलमै पुगेर बधाई र शुभकामना दिएका हुन्।

    यहाँ रेनुले ५२ हजार ३० मत ल्याउँदा सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याएका थिए। रेनु २०७४ को चुनावमा पनि भरतपुरको मेयर निर्वाचित भएकी थिइन्।

    स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४७२८ मत ल्याएका छन्।

    उपमेयरमा सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२८०३ मतसहित विजयी भए भने एमाले-राप्रपाबाट उपमेयर उम्मेदवार राप्रपाकी नेता हिमला गुरुङले ३०६१२ मत ल्याएकी छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend