शुक्रबारदेखि हुने बास्केटबल प्रतियोगिता

images
  • 355
    SHARES
  • जेठ १२, २०७९ बिहीबार
    शुक्रबारदेखि हुने बास्केटबल प्रतियोगिता
    images

    काठमाडौँ 

     पाठशाला नेपाल फाउण्डेशनको आयोजनामा पाठशाला कप एसइई नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

    bbbfff.jpg

    प्रतियोगितामा आठ छात्र टोलीको सहभागिता रहने पाठशालाका प्रबन्ध निर्देशक टङ्क आचार्यले जानकारी दिए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ मा स्वस्तिश्री, राजश्री गुरुकुल, प्रिमियर र ज्ञान निकेतन तथा समूह ‘बी’ मा रोजबर्ड, संस्कृति, आयोजक पाठशाला र ह्वाइटफिल्ड रहेका छन् ।

    प्रतियोगिताको विजेताले रु १५ हजार तथा उपविजेताले रु आठ हजार पुरस्कार पाउने छन् । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल बानेश्वरस्थित पाठशालाकै कोर्टमा खेलाइने आयोजकले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend