यू–१९ विश्वकप छनोट खेल्ने टोली घोषणा कृतिकाको कप्तानीमा

images
  • 303
    SHARES
  • जेठ १४, २०७९ शनिबार
    यू–१९ विश्वकप छनोट खेल्ने टोली घोषणा कृतिकाको कप्तानीमा
    images

    काठमाडौं ।

    कृतिका मरासिनीको कप्तानीमा आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोट खेल्ने अन्तिम टोलीको घोषणा भएको हो । क्यानले छनोट खेल्ने अन्तिम टोली घोषणा गरेको हो । टोलीमा कृतिका मरासिनी, स्नेहा मेहेरा, सृष्टि जैसी, मनिसा उपाध्याय, मनिसा रानामगर, अलिसा यादव, साना प्राभेन, रन्जु श्रेष्ठ रहेका छन् ।

    kritika_sUjBUB4N5G_20220528174111.jpg

    त्यस्तै आश्मा पुलामीमगर, सन्जु राजवंशी, किरण कुँवर, अञ्जली बीके, अनुकडायत र सुस्मिता भुसाल रहेका छन् । मलेसियामा आयोजना हुने छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् । छनोट आगामी जुन ४ बाट सुरु हुनेछ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend