देवघाट तनहुँ: बैशाख २३ गते "स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद" भन्ने मुल नारा सहित देवघाट व्याडमिन्टन संघको आयोजना आयोजित देवघाट वडा नम्बर ५ भित्रका मेन्स डबल पुरूष व्याडमिन्टन प्रतियोगितामा सम्पन्न भएको छ ।

आज बिहानबाट सुरू भएको सो प्रतियोगिताको प्रथम उपाधि दिनेश सारू मगर र बिनेस सारू मगरले हासिल गरेका छन् । भने त्यस्तै गरि द्वितीय उपाधि अनुप नैनावस्ती र अर्जुन सापकोटाले हासिल गरेका छन् । सो प्रतियोगितामा प्रथम स्थानलाई १० हजार नगत पुरस्कार सहित ट्रफी दिएका थिए भने द्वितीयलाई ५ हजार नगद पुरस्कार सहित ट्रफी दिएका थिए । त्यस्तै गरि उत्कृष्ट खेलाडी मानसिङ्ग आले मगरलाई पुरस्कृत गरेका थिए । सोही प्रतियोगितामा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले भविष्यमा देवघाटले पनि राम्रो खेलाडी उत्पादन गर्नेछ भन्ने विश्वास रहेको बताए ।

खेलकुद मानव जिवनको लागि अति आवश्यक चिज रहेको बताउदैँ देवघाटका बालक देखि युवालाई खेलकुदमा केन्द्रीकृत भएर अगाडि बढ्न अनुरोध समेत गरे । र अध्यक्ष थापाले अब देवघाट गाउँपालिकाको बजेट विनियोजन गर्ने बेलामा धेरै विचार गर्नुका साथै खेलकुद क्षेत्रमा बृहत् बजेट विनियोजन गर्ने बताए । सो प्रतियोगिता समारोहमा देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ अध्यक्ष पुर्ण बहादुर कुँवरले अहिलेको सन्दर्भमा खेलकुद जगतले देशलाई विश्वमै चिनाउन सफल भएको बताउदैँ देवघाटका खेलाडीहरूलाई पनि अघि बढ्न अनुरोध गरे ।

साथै देवघाट गाउँपालिकाको तर्फबाट र वडाको तर्फबाट गर्नुपर्ने सहयोग रहने बताउदैँ आगमि आर्थिक बजेट विनियोजन गर्दा खेलकुदलाई अगाडि बढाउने प्रतिवद्वता जनाए र सोही अवसरमा देवघाटका सम्पूर्ण टोललाई सहभागी गराइ यहाँको आवश्यकता के हो? त्यसलाई अौल्याएर बजेट बिनियोजन गर्ने बताए । सोही प्रतियोगिता समारोहमा देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरूङ अबको आर्थिक वर्षमा कबड हलको पुर्ण निर्माणको लागि बजेट विनियोजन गरिदिन अनुरोध गरे ।

देवघाट व्याडमिन्टन संघले अब राष्ट्रिय व्याडमिन्टन खेल समेत खेलाउन सक्ने क्षमता रहेको देवघाट व्याडमिन्टन संघका अध्यक्ष अनिल मिश्रले बताउदैँ आगमि दिनमा देवघाट गाउँपालिकाले खेलकुद क्षेत्रमा बजेट विनियोजन गर्दा कति पनि नहिच्किचाई रकम विनियोजित गर्न अनुरोध समेत गरे । सो प्रतियोगितामा वडा ५ सदस्यहरू याम बहादुर मगर र बुद्धि बहादुर पाण्डे लगाएत उपस्थिति रहेका थिए । देवघाट व्याडमिन्टन संघद्वारा प्रथम पटक आयोजित वडा नम्बर ५ स्तरीय प्रतियोगितामा १२ टिमले सहभागी गराएका थिए ।




