बिहानी मिडियाको वार्षिकोत्सबको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोषाक

images
  • 497
    SHARES
  • बैशाख २९, २०८० शुक्रबार
    बिहानी मिडियाको वार्षिकोत्सबको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोषाक
    images

     देवघाट

    बिहानी मिडियाले देवघाटको दुईवटा विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री तथा विद्यालय पोसाक वितरण गरेको छ । संस्थाको वार्षिकोत्सवको अवसर पारेर देवघाट गाउँपालिका वडा नं ४ स्थित जनज्योति आधारभूत विद्यालयका बालबालिकालाई कापी, कलम र पोसाक वितरण गरेको हो ।

    345322586_266643035807721_8953699747267370190_n.jpg

    विद्यालयमा अध्ययनरत आठ जना विद्यार्थीका लागि कापी, कलम र एकजोर कपडा प्रदान गरिएको बिहानी मिडियाका अध्यक्ष आशिक रानामगरले जानकारी दिए । सोही अवसरमा मिडियाले वर्ष २०८० को भित्तेपात्रोसमेत विमोचन गरेको छ । वडा नं.४ का अध्यक्ष मित्रलाल गुरूङ, वडा नं.५ का अध्यक्ष एवम् देवघाट गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर थापामगरलगायतको उपस्थितिमा भित्तेपात्रो विमोचन गरिएको हो ।

     

    346268519_126523810394362_92388685267440692_n.jpgयस्तै वडा नं-३ ल्हुङ्ग्रीङस्थित गोरखा कालिका आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई वडाअध्यक्ष टेकबहादुर आलेमगरमार्फत कापी र कलम वितरण गरिएको छ । विहानी मिडियाले विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीलाई कापी र कलम वितरण गर्नुका साथै दुई जना छात्रछात्रालाई भने गरिब तथा जेहेन्दारको आधारमा पोशाक समेत वितरण गरिएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend