काठमाडौं, जेठ ३
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडेको बताएका छन् । सत्ता गठबन्धनमा रहेका दलहरूले राजनीतिलाई अति हल्का ढंगले लिनु दुःखद भएको बताए ।
अध्यक्ष ओलीले कांग्रेसलाई ‘हावा न चावा’ को पार्टी भन्दै टिप्पणी गरे । उनले भने, ‘देशको परिस्थिति अत्यन्त गम्भीर छ। अत्यन्त जटिल छ। नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या । कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छोडिसक्यो । देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको नेपाली काँग्रेस कि कर्तव्य विमुख,भोलि कहाँ जाने केही थाहा छैन भन्ने जस्तै छ,आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन ।’



