भुमिहिन तथा अव्यवस्थित वसोबासी व्यवस्थापन सहजिकरण समितिका सदस्य अधिकारीले दिए राजिनामा

images
  • 725
    SHARES
  • जेठ १२, २०८० शुक्रबार
    भुमिहिन तथा अव्यवस्थित वसोबासी व्यवस्थापन सहजिकरण समितिका सदस्य अधिकारीले दिए राजिनामा
    images
    देवघाट तनहुँ : जेष्ठ १२ गते
    भुमिहिन तथा अव्यवस्थित वसोबासी व्यवस्थापन सहजिकरण समितिका देवघाट गाउँपालिकाका सदस्य अर्जुन अधिकारीले राजिनामा दिएका छन् । अधिकारीले शुक्रबार देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापालाई राजिनामा पत्र बुझाइएको हो ।
     
    349539498_659646319321661_8135517738198237206_n.jpg
    राजिनामा पत्रमा लेखिएको छ:भुमिहिन तथा अव्यवस्थित वसोबासी व्यवस्थापन सहजिकरण समिति देवघाट गाउँपालिका तनहुँको सदस्य पदमा मलाई मनोनित गर्नु भएकोमा यहाँ र यहाँको टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु । मेरो व्यक्तीगत घरायसी कारणले उक्त समितिमा रहि कार्य गर्ने चाहना हुँदा हुँदै पनि समय अभावको कारणले कार्य गर्न असमर्थ भएको हुँदा आज कै मिति देखि लागु हुने गरि सदस्य पदबाट राजिनामा पेस गर्दछु भनी लेखिएको छ । साथै,पदमा रहँदा होस या नरहँदा होस, जनताको काममा दत्तचित्त भई यथासक्दो सहयोग गर्ने वचन बद्दता समेत प्रकट गरेका छन् ।
     
     
     
     
    Seen by Karishma Gurung at 10:08 AM

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend