तनहुँ देवघाट गाउँपालिकाको विपद व्यवस्थाप समितिको बैठक सम्पन्न भएको छ । आज भएको सो बैठकमा मनसुनपुर्व तयारी,विपद उद्दार सामग्री व्यवस्था सबै वडाहरूमा विपद सामग्री केन्द्र स्थापना जस्ता विषयमा निर्णय भएको छ ।
पालिकामा विपद बाट कुनै घट्ना नघटोस भनी बैठक राखिएको समितिका अध्यक्ष एवं देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले बताए । थापाको अध्यक्षता भएको सो कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङ्ग,प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी,विषयगत समितिको संयोजक (सदस्य) देवघाट १ वडा अध्यक्ष मनिराज गुरुङ्ग,देवघाट २ वडा अध्यक्ष मिन बहादुर राना मगर,देवघाट ३ वडा अध्यक्ष टेक बहादुर आले,देवघाट ४ वडा अध्यक्ष मित्र लाल गुरुङ्ग,देवघाट ५ वडा अध्यक्ष पूर्ण बहादुर कुवँर, नेपालि काँग्रेस गाउँ कमिटि उप सभापति पुरुषोतम शर्मा पण्डित,नेकपा एमाले गाउँ कमिटि अध्यक्ष केशव चन्द्र न्यौपाने नेकपा माओवादी केन्द गाउँ कमिटि उपाध्यक्ष जय कृष्ण सुवेदी,देवघाट उधोग वाणिज्य संघ अध्यक्ष रोशन श्रेष्ठ,नेपाल रेडक्रस सोसाईटी देवघाट गोविन्द प्रसाद न्यौपाने लगाएत उपस्थिति रहेका थिए ।



