कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक सुरू

images
  • 100
    SHARES
  • आषाढ १४, २०८० बिहीबार
    कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक सुरू
    images

    विराटनगर ।

    कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक सुरू भएको छ ।

    बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची छ । सरकारमा रहेका माओवादी र जसपाले समर्थन फिर्ता लिसँगै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

    ९२ सांसद रहेको कोशी सांसदमा बहुमतका लागि ४७ सांसद चाहिन्छ । सत्तारुढ घटक एमाले र राप्रपासँग ४६ सांसद छन् । नेपाली कांग्रेसका २९, नेकपा माओवादीका (सभामुखसहित) १३, नेकपा एसका ४ र जसपाका १ गरी विपक्षी गठबन्धनसँग ४७ सांसद छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend