महेश संन्यास आश्रमद्वारा आयोजित गुरूस्मृति महोत्स आजबाट सुरू (फोटो फिचर)

images
  • 642
    SHARES
  • आषाढ १८, २०८० सोमबार
    महेश संन्यास आश्रमद्वारा आयोजित गुरूस्मृति महोत्स आजबाट सुरू (फोटो फिचर)
    images

    करिस्मा गुरुङ तनहुँ

    देवघाट गाउँपालिकाको देवघाटधाममा धेरै आश्रमहरू छन् । जहाँ दैनिकजसो विभिन्न स्थानबाट तिर्थालु भक्तजनहरू धार्मिक आस्था लिइ आउने गर्दछ । सोही आश्रममध्ये रहेको महेश संन्यास आश्रमले सोमबार गुरु पुर्णिमाको अवसरमा आयोजना गरिएको छैठौं गुरुस्मृति महोत्सव आजबाट सुरू भएको छ ।

    358095761_255922357074386_5697532102455809504_n.jpg

    सो गुरुस्मृति महोत्सवको पहिलो दिन आज सोमबार बिहान ८ बजेदेखि व्यास जयन्ती तथा गुरुपुर्णिमाको दिन गुरु पुजन तथा गुरुतत्व विमर्श कार्यक्रम लगाएत अन्य कार्यक्रम गरि सुभारम्भ गरिएको छ।साथै गुरूपुर्णिमाको विशेष दिन भएर आश्रमको अभिभावक एवम् संरक्षक श्री १००८ स्वामी मधुसूदनानन्द गिरिको गोडा धोएर पुजा र स-सम्मान गर्दै गुरूपूर्णिमा मनाएका छन् ।

    357125168_255921710407784_8786336809030437579_n.jpg

    त्यस्तै गरि आश्रमका पीठाधिस श्री १००८ स्वामी रमणाानन्द गिरि लगाएत आश्रमका अन्य गुरूहरूलाई समेत सम्मान व्यक्त गर्दै गुरूपूर्णिमा भव्यका साथ मनाए छन् ।

    357145679_255922383741050_4945653400552334402_n.jpg

    "गुरू ब्रममा गुरूरू बिष्णु गुरूरू देबो महेश्वर"भनेझैँ गुरू नै हाम्रो सबथोक हो,गुरू छ त हामी छौँ गुरु बिना अन्धाकार छ भन्दैँ महेश संस्कृत गुरूकुलका प्राचार्य डा.गुरु प्रसाद सुवेदी प्रवचन दिएका थिए । महोत्सवको पहिलो दिन अर्थात गुरूपूर्णिमाको अवसरमा गुरुको महिमा र महत्वको बारेमा गुरूहरूद्वारा प्रवचन गरिएको थियोे । महेश सन्यास आश्रमले ब्रम्हलिन परमपुज्य सन्तशिरोमणी श्री १००८ स्वामी डा.रामानन्द गिरीजी महाराजको स्मृतिमा उक्त कार्यक्रमको आयोजना गरिएको महेश संस्कृत गुरुकुलका प्राचार्य फणिन्द्र पौडेलले जानकारी दिए ।

    357070004_255922190407736_5893171713151472880_n.jpg

    प्राचार्य पौडेलले महोत्सवको दोश्रो दिन गुरु स्मृति सभा तथा सन्त पुजन एवं गुरु भण्डाराको आयोजना गर्ने कार्यक्रम समेत रहेको बताए । वेदलाई ऋग्वेद,यजुर्वेद,सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको जन्म दिन पनि भएको हुँदा गुरु पुर्मिमालाई व्यास जयन्तीको रुपमा पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने हो ।

    357415466_666959342140443_130214307687698164_n.jpg357713300_666960388807005_8581122519982372370_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend