गुल्सनको अर्धशतकमा नेपालले टेस्ट राष्ट्र आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य

images
  • 162
    SHARES
  • आषाढ १९, २०८० मंगलबार
    गुल्सनको अर्धशतकमा नेपालले टेस्ट राष्ट्र आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य
    images

    काठमाडौं ।

    नेपालले आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि टेस्ट टोली आयरल्यान्डलाई मध्यम लक्ष्य दिएको छ । हरारेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन बनाएको छ । 

    नेपालका लागि गुल्सान झाले महत्वपूर्ण अर्धशतकिय पारी खेले । उनले ४२ बलमा ४ चौका र ३ छक्काको मद्धतमा ५७ रनको योगदान गरे । ओपनर अर्जुन साउदले ४८ रन बनाउँदा अर्का ओपनर कुशल भुर्तेल भने ८ रनमै आउट भए । कुशल मल्लले ४४ रन, भीम सार्कीले २० रन, रोहित पौडेलले २९ रन, ज्ञानेन्द्र मल्लले ७ रन जोडे ।

    दिपेन्द्र सिंह ऐरी शून्यमै आउट हुँदा सन्दीप लामिछानेले ३२ रन र करन केसीले ४ रन, किशाेर महताेले १ रन बनाए । आयरल्यान्डका लागि मार्क एडेयर, ब्यारी म्याकार्थी र क्रेग यंगले समान दुई दुई विकेट लिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend