सभापति देउवाले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव

images
  • 135
    SHARES
  • श्रावण १, २०८० सोमबार
    सभापति देउवाले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव
    images

    काठमाण्डाै –

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गर्नुभएको छ ।

    एक वर्षपछि भोलि मङ्गलवारदेखि सुरु हुन लागेकाे केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न देउवाले प्रस्ताव गर्नुभएको नेता सशांक कोइरालाले जानकारी दिनुभयो । बैठकका एजेन्डाबारे छलफल गर्न देउवाले आज साेमवार पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाउनुभएकाे थियाे । पदाधिकारी बैठकमा बैठक कसरी प्रत्यक्ष प्रसारण गर्ने भन्ने विषयमा लामो छलफल चलेको कोइरालाले बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend